Logo

११ भदौ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराधको आरोपमा पक्राउ परेका छन् ।

चरित्रहत्या र गाली बेइज्जतीको उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि बुधबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा साइबर ब्युरो, भोटाहिटीमा अनुसन्धान सुरु गरिएको थियो ।

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले अहिले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाएको छ।


सम्बन्धित समाचार