Logo

१२ भदौ, काठमाडौं । नेपालमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

बिहीबार सुनको मूल्य प्रतितोला ४०० सय रुपैंयाले बढेर १ लाख ९९ हजार ४०० पुगेको छ। यो मूल्य यसअघि साउन २३ गते पनि पुगेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, केही समय घटेको सुनको भाउ आज पुरानै उच्च बिन्दुमा फर्किएको हो । यसअघि बुधबार मात्रै पनि सुनको मूल्य प्रतितोला रु। ३०० ले बढेर रु। १ लाख ९९ हजार पुगेको थियो।

चाँदी पनि महँगियो

सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैंयाले बढेर २ हजार ३५५ रुपैंया पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु र डलरको भाउमा आएको उतारचढावका कारण नेपालमा सुनचाँदीको भाउ बढ्ने गरेको व्यवसायीहरू बताउँछन्।


सम्बन्धित समाचार