Logo

११ भदौ, काठमाडौं । लगानीकर्ताहरूलाई लामो समयदेखि प्रतीक्षामा रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

आज बिहीबार निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा गोलाप्रथा प्रक्रियामार्फत यो बाँडफाँट सम्पन्न भएको हो । १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्कासन गरिएकोमा २४ लाख ४० हजार ४६० जनाको आवेदन परेको थियो । २ करोड ७४ लाख ६४ हजार ५७० कुल आवेदन कित्ता थियो । त्यसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो  ।

२ हजार ३०० आवेदन रद्ध भएको थियो । मागभन्दा धेरै गुणा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । यस प्रक्रियाबाट १९ हजार ५१९ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँट गर्दा बाँकी रहेको ५ कित्ता शेयर पनि गोलाप्रथाबाट नै थप ५ जनालाई वितरण गरिएको छ। यसरी, ५ जनाले कुल ११ कित्ता शेयर पाएका छन् ।


सम्बन्धित समाचार