१२ भदौ, काठमाडौं । लोकप्रिय हास्य कलाकार मनोज गजुरेल सवारी नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
उनले गाडी चलाउँदै मोबाइल प्रयोग गरेपछि ट्राफिक प्रहरीले उनलाई रु। ५०० जरिवाना गरेको हो । गजुरेलले बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कारबाहीमा परेको जानकारी दिएका छन्। रत्नपार्कमा गाडी रोकेर ट्राफिक प्रहरीले उनलाई लापरवाहीपूर्वक गाडी चलाएको भन्दै कारबाही गरेको उनले बताएका छन् ।
प्रहरीले उनलाई क्यामेरा र सादा पोशाकमा ट्राफिकहरूले निगरानी गरिरहेको जानकारी पनि दिएका थिए। यस घटनाले गर्दा गजुरेलले आफ्नो मोबाइल चलाउँदै गाडी हाँक्ने बानी सुधार्ने बताएका छन्। उनले ट्राफिक प्रहरीको कामको प्रशंसा गर्दै प्रविधिको सही प्रयोग भएकोमा खुसी व्यक्त गरेका छन् । यो घटनाले आम नागरिकलाई सडक सुरक्षा नियम पालना गर्नुपर्ने सन्देश दिएको छ।















