Logo

२१ भदौ,ठोरी । चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा जिवन खड्का सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार ठोरी –२ मा रहेको सरस्वती माविमा सम्पन्न समितिको निर्वाचन प्रक्रिया मार्फत ठोरी –३ ब्रम्हानगरका ब्रम्हानगरका ३३ वर्षीय युवा सर्वसम्मत अध्यक्ष बन्न सफल भएका हुन्।

९ सदस्यीय समितिको उपाध्यक्षमा डिल बहादुर गुरुङ , सचिव रुपक मगर र कोषाध्यक्षमा शर्मिला बोट सर्वसम्मत निर्वाचित भएको समितिका निवर्तमान् अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतको पर्साको एक मात्र उपभोक्ता समिति र ठोरी गापाको १,२ र ३ वडा समेट्ने भएकोले समितिको नेतृत्व ठोरी क्षेत्रमा प्रतिष्ठाको विषय बन्ने गरेको छ ।

स्थानीय तहकै निर्वाचनको झल्को दिने गरी केही समय यता ठोरीमा चुनावी सरगर्मी बढेको भएपनि अन्ततः ३३ वर्षीय युवाले अबको ५ वर्ष समितिको नेतृत्व गर्ने निश्चित भएको छ ।


सम्बन्धित समाचार