Logo

२४ भदौ, वीरगञ्ज । सोमबारको जेन–जी प्रदर्शनमा भएको ठूलो जनहानिपछि मंगलबार बिहानदेखि बाराको परवानीपुर चोकमा युवाहरू सडकमा उत्रिएका छन् । उनीहरूले सडकमा टायर बालेर आवागमन अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

‘केपी ओली मुर्दावाद’ र ‘हामीलाई बोल्न दे सरकार’ भन्ने लेखिएका प्लेकार्ड बोकेका युवाहरूले प्रदर्शनलाई निरन्तरता दिएका छन्। स्थानीय प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरेको छ।

यसअघि सोमबार काठमाडौंमा भएका विरोध प्रदर्शन हिंसात्मक मोड लिँदा १९ जनाको मृत्यु भएको थियो। काठमाडौंमा १७ र इटहरीमा २ जनाको ज्यान गएको पुष्टि भएको छ। त्यही घटनापछि देशका विभिन्न स्थानमा आक्रोशित युवा सडकमा उत्रिन थालेका छन्।

प्रशासनले शान्ति–सुरक्षा कायम गर्न धैर्य र संयमता अपनाउन सबैलाई आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै