Logo

११ असोज, काठमाडौं ।  नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई जेल हाल्ने धम्की दिइरहेको आरोप लगाएका छन्। शनिबार भक्तपुरको गुण्डुमा एमालेनिकट युवा संघले आयोजना गरेको दशैं भेटघाट कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्।

ओलीले सरकारप्रति कडा असन्तुष्टि जनाउँदै भने, “जेनजी पुस्ताको आडमा बनेको असंवैधानिक सरकारले जेल हाल्ने धम्की दिइरहेको छ। तर म स्पष्ट भन्न चाहन्छु, हामी डराउँदैनौं।”

उनले आफूहरूलाई सुरक्षा दिनुको साटो सरकारले संविधानविपरीत निर्णय लिएको आरोप पनि लगाए। ओलीले भने, “हाम्रो सेवा सुविधा कटौती गर्ने, पासपोर्ट रोक्का गर्ने काम नगरेर सरकारले विगतमा हामिले गरेका कामहरूको दस्तावेज जनतासम्म पुर्याओस्।”

ओलीले देश र जनताको पक्षमा आफूहरूले लामो संघर्ष गरेको उल्लेख गर्दै थपे, “यति लामो समयसम्म सङ्घर्ष गरेका हामी देशलाई यो अवस्थामा छाडेर कहिँ जाँदैनौं। हामी जनताको अभिमत लिएर फेरि उठ्नेछौं।”


सम्बन्धित समाचार