Logo

३० असोज,वीरगञ्ज । मधेश प्रदेशको राजनीतिक नेतृत्वमा भएको परिवर्तनसँगै निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहलाई आज एक विशेष कार्यक्रममार्फत औपचारिक रूपमा बिदाइ गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कार्यक्रममा सिंहको कार्यकालमा उनले पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै सफल भविष्यको कामना गरिएको थियो।

बिदाइ समारोहमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, विभिन्न मन्त्रालयका सचिवहरू, मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो। उनीहरूले सिंहको नेतृत्वमा सम्पन्न कार्यहरूलाई प्रशंसायोग्य बताउँदै सम्मान प्रकट गरे।

हालै मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनल मधेश प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएपछि सिंहको कार्यकाल औपचारिक रूपमा समाप्त भएको हो। बिहीबार सोनलले पद तथा गोपनीयताको शपथ लिएका थिए।

सोनलको शपथग्रहण समारोहमा पूर्व मुख्यमन्त्री सिंह पनि सहभागी भएका थिए, जसलाई राजनीतिक सभ्यताको सकारात्मक संकेत र सहकार्यको दृष्टान्तका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार