Logo

३ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन्। सोमबार बिहान मुख्यमन्त्री सोनल काठमाडौंस्थित प्रचण्डको निवास पुगेर भेटघाट गरेका हुन्।

भेटका क्रममा अध्यक्ष प्रचण्डले मुख्यमन्त्री सोनललाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका थिए। साथै, मुलुकको वर्तमान राजनीतिक अवस्था, मधेस प्रदेशमा बनेको नयाँ सरकार सञ्चालन, आगामी योजनाहरू लगायतका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको बताइएको छ।

माओवादी अध्यक्ष प्रचण्डले मधेस प्रदेशको समृद्धि र राजनीतिक स्थिरताका लागि संघीय र प्रदेश सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिए। उनले मधेसका जनताको अपेक्षा पुरा गर्न प्रदेश सरकारलाई माओवादी पार्टीले सधैं साथ दिने प्रतिबद्धता जनाए।

मुख्यमन्त्री सोनलले पनि प्रदेशको समृद्धि र विकासका लागि सबै राजनीतिक दलहरूको सहकार्यमा सरकार अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार