४ कार्तिक, काठमाडौँ । अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीमा उजुरी परेको छ। उजुरीको विषयबारे प्रहरीले आधिकारिक जानकारी नदिए पनि सामाजिक सञ्जालमार्फत नेपालले आफूलाई साइबर ब्युरोबाट फोन आएको पुष्टि गरेका छन्।
नेपालले आफ्नो सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध आलोचनात्मक टिप्पणी गरेपछि आफूलाई साइबर अपराधको मुद्दामा फसाउन खोजिएको आरोप लगाएका छन्। उनका अनुसार प्रधानमन्त्रीको आलोचना गर्ने अभिव्यक्ति नै मुद्दाको कारण बन्न खोजिएको छ।
प्रहरीको साइबर ब्युरोले भने उजुरीको प्रकृति र अनुसन्धानको अवस्था खुलाएको छैन।
यस घटनाले अभिव्यक्तिको स्वतन्त्रता र साइबर अपराध कानुनको प्रयोगबारे बहस सुरु गराएको छ। नेपालले आफू कानुनी प्रक्रिया सामना गर्न तयार रहेको जनाएका छन्।
अब प्रहरीको थप अनुसन्धान र आधिकारिक स्पष्टीकरणपछि मात्र घटनाको यथार्थपूर्ण विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

















