Logo

९ कात्तिक,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार अघि आन्तरिक छलफल थालेकी छन्। आगामी चार नयाँ मन्त्रीलाई शपथ ग्रहण गराउने तयारी भइरहेका बेला एक जनाको नाम विवादित बनेपछि प्रधानमन्त्री कार्कीले पुनर्विचारका लागि बैठक डाकेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीका रूपमा सिफारिस गरिएका खगेन्द्र सुनारको नाम विवादमा परेपछि कार्की सचेत बनेकी हुन्।  सुनार नेपाल प्रहरीको फरार सूचीमा रहेको समाचार सार्वजनिक गरेपछि प्रधानमन्त्रीले उक्त विषयलाई गम्भीर रूपमा लिएकी बताइएको छ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले अहिले वरिष्ठ मन्त्रीहरूसँग परामर्श जारी राखेकी छन्। स्रोतले भन्यो, “उहाँ अहिले मन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ। सम्भवतः एक जना मन्त्रीको नाममा पुनर्विचार हुन सक्छ।”

प्रधानमन्त्री कार्कीले विवादरहित र जनविश्वास योग्य टोली गठन गर्न चाहने भएकाले मन्त्रिपरिषद् विस्तार केही समय पछाडि सारिने सम्भावना पनि देखिएको छ।


सम्बन्धित समाचार