९ कात्तिक, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल नवनियुक्त मन्त्रीहरूको शपथग्रहण लगत्तै सर्वोच्च अदालत परिसरमा पुग्नुभएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा अदालतमा भएको क्षतिको अवस्था र त्यसको आकलनबारे बुझ्न अवलोकन गर्नुभएको अदालत स्रोतले जनाएको छ । सर्वोच्च अदालतको भवनमा आगजनी र तोडफोडका कारण ठूलो क्षति भएको थियो । क्षतिपछि सर्वोच्चले टेन्ट टाँगेर बन्दी प्रत्यक्षीकरण र रिट दर्ताको काम गरिरहेको छ ।
आगामी बुधबारदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु हुने तयारीका बीच अर्थमन्त्रीको यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ । यसअघि पनि सरकारका विभिन्न प्रतिनिधिहरूले सर्वोच्चमा भएको क्षतिको निरीक्षण गरेका थिए ।
















