Logo

९ कात्तिक,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

आगामी कार्तिक १९ र २० गते काठमाडौंमा बस्ने गरि बैठक आह्वान गरिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ। बैठकका लागि यी नै मुख्य एजेन्डा तोकिएका छन्।

 


सम्बन्धित समाचार