११ कात्र्तिक, काठमाडौँ । दसैँ–तिहारको मुखमा सुनको आकाशिएको भाउबाट चिन्तित उपभोक्ताहरूका लागि राहतको खबर छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा सुनको मूल्य धमाधम ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्यमा तोलामा २९०० रुपैयाँको ठूलो गिरावट आएको छ ।
सोमबार प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार भारी मात्रामा घटेर २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । यससँगै अब १० ग्राम सुनको मूल्य २ लाख ३ हजार १९० रुपैयाँमा झरेको छ ।
सुनको मूल्यसँगै चाँदीको भाउमा पनि उल्लेखनीय गिरावट आएको छ। सोमबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चाडपर्वको बेला लगातार मूल्य घट्नुले गहना खरिद गर्न चाहने उपभोक्ताहरूलाई एक किसिमको ुसुनौलो अवसरु मिलेको छ, जबकि लगानीकर्ताहरू भने बजारको थप प्रवृत्ति हेरेर आफ्नो रणनीति तय गर्ने अवस्थामा पुगेका छन् ।
















