१२ कात्र्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो तयारीलाई तीव्रता दिँदै समानुपातिकतर्फको उम्मेदवारी आह्वान गरेको छ ।
आज सम्पन्न पार्टीको सचिवालय बैठकले महत्वपूर्ण निर्णय गर्दै उम्मेदवारहरूलाई निवेदन दिन समय सीमा तोकेको हो । पार्टीका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार, रास्वपाले कात्तिक २२ गतेभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारीका लागि निवेदन दिन आह्वान गर्ने निर्णय गरेको छ ।
सचिवालय बैठकमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन केन्द्रीत तयारीका क्रममा समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेजहरू र प्रक्रियाबारे विस्तृत छलफल भएको थियो । पार्टीले औपचारिक रूपमा सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई तोकिएको समयभित्र आफ्नो उम्मेदवारी पेश गर्न भनेको छ ।
















