Logo

१२ कात्तिक,काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आजदेखि सुरु भएको छ। बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

झन्डै २५ पृष्ठ लामो प्रतिवेदनमा वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको अवस्था, जेनजी आन्दोलन, र हालका चुनौतीहरू समेटिएका छन्।

प्रतिवेदनमा अध्यक्ष नेपालले ०८२ फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गराउने घोषणा भए पनि त्यसका लागि सुनिश्चित वातावरण अझै तयार नभएको बताएका छन्। उनले भने, “सरकारले निर्वाचनको वातावरण निर्माण गर्न पर्याप्त पहल गरेको छैन। राजनीतिक दलहरूले पनि निर्वाचन केन्द्रित कार्यक्रम अगाडि सारिसकेका छैनन्। परिस्थिति कसरी विकसित हुन्छ भन्ने निश्चित छैन। तथापि, हामीले लामो संघर्ष र बलिदान गरेर प्राप्त गरेका उपलब्धीहरू गुमाउन दिनु हुँदैन।”

अध्यक्ष नेपालले जेनजीको माग संविधान खारेज र संसद्को विघटन नभएको स्पष्ट गर्दै भने, “उनीहरूको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने थियो। प्रतिनिधिसभाको विघटन घुसपैठियाहरूले गराए। उनीहरूले यही मौकामा लोकतन्त्रलाई समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता सिर्जना गरेर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गरिरहेका छन्।”

बैठक कात्तिक १४ गतेसम्म चल्ने जनाइएको छ, जसमा पार्टीको आगामी रणनीति र राजनीतिक योजनाहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ:-

 


सम्बन्धित समाचार
भर्खरै