Logo

१२ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा गत भाद्र २४ गते भएको आगजनीले शैक्षिक प्रशासन महाशाखाका महत्त्वपूर्ण फाइलहरू नष्ट भएपछि महानगरपालिकाले सम्बन्धित शैक्षिक संस्थाहरूलाई पुनः कागजात बुझाउन आग्रह गरेको छ।

महानगरपालिकाले जारी गरेको सूचनामा आर्थिक वर्ष २०८१/०८२ मा कक्षा अपग्रेडिङ्ग, नयाँ अनुमति, नामसारी तथा ठाउँसारीका लागि दर्ता भएका सम्पूर्ण निवेदन (फाइल) आगलागीमा नष्ट भएको जानकारी दिइएको छ। यस घटनाले महानगरको प्रशासनिक कार्यलाई कठिनाइमा पारेको बताइएको छ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार, कक्षा अपग्रेडिङ्ग तथा नयाँ संस्था अनुमतिका लागि निवेदन दर्ता गरेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू, कोचिङ्ग÷ट्युसन सेन्टर तथा मन्टेश्वरीहरूले समय सीमाभित्र पेश गरिएका फाइलहरूको प्रतिलिपि आवश्यक कारबाहीका लागि कार्तिक १६ गते आइतबार कार्यालय समयभित्र पुनः अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

सूचनाको जानकारी प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समेत गराइएको छ।

 


सम्बन्धित समाचार
भर्खरै