Logo

१३ कात्तिक,जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीले बिहीवार जनकपुरधाममा शिष्टाचार भेटघाट गरेको छ।

भेटका क्रममा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको उल्लेख गर्दै ती क्षेत्रको दिगो विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सहयोग अपरिहार्य हुनेमा जोड दिए। उनले प्रदेशको समग्र समृद्धिका लागि बेलायती दूतावासजस्ता संस्थाहरूसँग सहकार्य गर्न प्रदेश सरकार सधैं तयार रहेको पनि बताए।

त्यस अवसरमा बेलायती टोलीकी प्रमुख पौलिन सिननले मधेस प्रदेशका विकास प्रयासहरूमा सहकार्य र समर्थनका लागि दूतावास प्रतिबद्ध रहेको बताउँदै सम्भावित सहकार्यका विषयमा विस्तृत छलफल गर्न इच्छाशक्ति व्यक्त गरिन्।

भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरू तथा बेलायती दूतावासका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।


सम्बन्धित समाचार