Logo

१४ कात्र्तिक, काठमाडौं । काठमाडौं। नेपाल वायु सेवा निगम (नेवानि) को महाप्रबन्धक अब खुला प्रतिस्पर्धा बाट चयन गरिने भएको छ ।

योग्य उम्मेदवार छनोट गर्न र सिफारिस गर्नका लागि प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेकी छिन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, मैनाली संयोजकत्वको उक्त समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्यका रूपमा चयन भएका छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।

एक महिनाभित्र सिफारिस गर्ने समयसीमा

गठित समितिलाई एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्ने समयसीमा तोकिएको छ। तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीको चारवर्षे कार्यकाल कात्तिक ७ गते सकिएपछि निगम नेतृत्वविहीन अवस्थामा थियो । नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमका वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नेछन्  ।

यसैगरी, निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्ष विक्रम राईले सम्हाल्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिएका छन्  ।


सम्बन्धित समाचार