Logo

फाइल तस्बिर

२६ मंसिर,वीरगञ्ज । सिरहा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। बरियारपट्टी गाउँपालिकाबाट पक्राउ परेका व्यक्ति वडा नम्बर–३ निवासी दिनेश महतो रहेको प्रहरीले जनाएको छ।

महतो भारतीय नम्बर प्लेट (बीआर ३२ ए डब्लु ८३७७) भएको मोटरसाइकलमा सवार रहेका बेला जाँचका क्रममा मोटरसाइकलभित्र लुकाइएको ७ लाख रूपैयाँ फेला परेको सिरहा प्रहरीले जानकारी दिएको छ।

रकमको वैधानिक स्रोत स्पष्ट हुन नसकेपछि महतोलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका महतो, बरामद रकम र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि ठाडी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै