Logo

३ मांघ,इस्लामाबाद। पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने केही अन्य घाइते भएका छन्।

उद्धार अधिकारीहरूका अनुसार घना कुहिरोका कारण दृश्यता अत्यन्त कम हुँदा एक मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको हो। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा पुर्‍याइएको थियो।

अस्पतालमा उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि मृतक संख्या १४ पुगेको अधिकारीहरूले जनाएका छन्। प्रारम्भिक विवरणअनुसार कुहिरोका कारण मोटरवे बन्द भएपछि चालकले वैकल्पिक स्थानीय मार्ग प्रयोग गरेका थिए।

सूचना प्राप्त हुनासाथ रेस्क्यु ११२२ का टोली घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य सञ्चालन गरेका थिए। दुर्घटनामा महिलाहरू र बालबालिकासमेत परेको पुष्टि भएको छ। मृतक तथा घाइते सबै इस्लामाबाद का बासिन्दा रहेको उद्धार अधिकारीहरूले बताएका छन्।

घटना सरगोधा जिल्ला, पञ्जाब प्रान्त मा भएको हो। प्रहरीले दुर्घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।


सम्बन्धित समाचार