Logo

७ चैत,वीरगञ्ज ।  प्रधानमन्त्री सुशीला कार्कीले आज जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गर्दै पूजा-अर्चना गरेकी छन्।

निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न स्थानको भ्रमणमा रहेका प्रधानमन्त्री कार्कीले जानकी मन्दिरमा प्रवेश गरी मन्दिर परिसरमा रहेको सीता–राम मन्दिरमा पनि दर्शन गरेकी थिइन् र कीर्तनमा सहभागी भएकी छिन्।

जानकी मन्दिरको दर्शनपछि उनले शान्ति महशुस भएको संक्षिप्त प्रतिक्रिया दिइन्।

प्रधानमन्त्री कार्कीले बिहीबार कर्णाली क्षेत्रको भ्रमण गर्दै निर्वाचन सफल पार्न भूमिका खेलेका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय सर्वसाधारणलाई धन्यवाद दिएकी थिइन्।


सम्बन्धित समाचार