Logo

६ चैत,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै भवन सञ्चालनका लागि सबै पूर्वाधार तयार भएको जानकारी दिएका छन्।

निरीक्षणका क्रममा उनले भनें कि प्रतिनिधि सभा र आवश्यक परेमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ। कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत तयार भइसकेको उनले उल्लेख गरे।

अर्यालले भने, “यसको निर्माण पक्षबाट अब सबै तयारी छ। प्रतिनिधि सभाका लागि छुट्टै व्यवस्था छ र दुवै सदनको संयुक्त बैठकको लागि पनि आवश्यक पूर्वाधार तयार छ। पछाडि कार्यव्यवस्था समितिको बैठक बस्न र सभामुखज्यूलाई कार्यकक्ष प्रयोग गर्न सुविधा उपलब्ध छ।”

नयाँ भवन शपथ ग्रहण मात्र नभई पूर्ण अधिवेशन सञ्चालनका लागि तयार रहेको उनले जानकारी दिए। सिट योजना, फर्निचर व्यवस्थापन, माइक र स्क्रिन जडान लगायतका काम द्रुत गतिमा भइरहेको र अस्थायी व्यवस्थापन भएपनि प्रविधि प्रयोग सन्तोषजनक रहेको उनले बताए।


सम्बन्धित समाचार