Logo

६ चैत,काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औँ महाधिवेशन आगामी वैशाख २० र २१ गते प्रस्ताव गरिएको छ। शुक्रबार सम्पन्न नेविसंघको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पा ले महाधिवेशनको कार्यतालिका पेश गरेका छन्।

प्रस्तावित कार्यतालिकाअनुसार, चैत १७ गते अधिवेशन प्रतिनिधि चयन र प्रतिनिधि नामावली प्रकाशन हुनेछ। त्यसपछि चैत २५ गते माध्यमिक विद्यालय अधिवेशन, चैत २७ गते स्थानीय तह अधिवेशन, र चैत २९ गते क्याम्पस, कलेज, प्रतिष्ठान र CTEVT अन्तर्गतका शिक्षालयमा अधिवेशन सञ्चालन हुने छ।

वैशाख ६ गते ७७ जिल्लामा अधिवेशन हुने क्रममा, वैशाख ८ र ९ गते क्याम्पस इकाई अधिवेशन, वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति तथा समन्वय समितिका अधिवेशन, र वैशाख १५ गते प्रदेश अधिवेशन हुने कार्यक्रम तय गरिएको छ। अन्तिम चरणमा, वैशाख २० र २१ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भनिएको छ।

नेविसंघले यस महाधिवेशनमार्फत संगठनको नयाँ नेतृत्व चयन गर्ने र आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार