Logo

६ चैत,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बिहान ८ बजे बस्ने गरी आजका लागि स्थगित गरिएको छ। बैठकपछि केन्द्रीय सदस्य मधु आचार्य ले बैठक आइतबार पुनः बस्ने जानकारी सञ्चारकर्मीहरूलाई दिएका हुन्।

बैठकमा उपसभापति विश्वप्रकाश शर्मा ले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी १४ पृष्ठको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको बताइएको छ।

प्रतिवेदनमाथि छलफल जारी रहेकाले बैठकलाई निरन्तरता दिन आइतबार बिहान पुनः बस्ने निर्णय गरिएको जनाइएको छ।


सम्बन्धित समाचार