७ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले देशलाई अघि बढाउन सद्भाव, सहिष्णुता र आपसी सहकार्य आवश्यक रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै एक–अर्काप्रति समझदारी र सम्मान कायम राख्नुपर्नेमा जोड दिएका छन्। बालेनले भने, “धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।”
उनले इद पर्वको अवसरमा भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् भन्ने शुभकामना पनि दिएका छन्। नेता शाहले एकताले समाजलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबै नागरिकमा आपसी सम्मान र समझदारी कायम रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

















