७ चैत,काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ। झण्डै दुई तिहाइ बहुमत हासिल गरेको रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने योजना अघि बढाएको छ।
बालेनले आफ्नो साइत अनुसार चैत्र १३ गते रामनवमीका दिन प्रधानमन्त्रीको सपथ लिने तयारी गरेका छन्। सो दिन सरकारले सार्वजनिक विदा दिएको छ। बालेन आफैं र तान्त्रिकको सल्लाहअनुसार सपथको मिति तय भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार बालेन तान्त्रिकको सुझावअनुसार कालो कपडा लगाउने गरेका छन्। चुनावी प्रचारका क्रममा पनि उनले प्रायः कालो पोशाक र कालो टोपी लगाउने गरेका थिए। प्रधानमन्त्रीको सपथमा उनले कुन रङको कपडा लगाउने हुन् भन्ने कुरा अझै बाँकी छ।
यसअघि विदाको दिन राष्ट्रपतिले कुनै प्रधानमन्त्रीलाई सपथ नलगाएको भए पनि बालेनको साइत र तान्त्रिकको सल्लाहलाई ध्यानमा राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराउने अपेक्षा गरिएको छ।

















