Logo

९ चैत, चितवन । माडी नगरपालिका–५ स्थित अयोध्याधाममा यस वर्ष पनि रामनवमी पर्वको पावन अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

चैत्र ११, १२ र १३ गतेसम्म सञ्चालन हुने त्रिदिवसीय कार्यक्रममा सांगितिक सत्सङ्ग, धार्मिक साँझी तथा अन्य आध्यात्मिक गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ।

हरेक वर्षझैँ यस वर्ष पनि श्रद्धा र भक्ति भावका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा सहभागी भई धार्मिक वातावरणमा योगदान पु¥याउन तथा कार्यक्रमको शोभा बढाउन सम्पूर्ण श्रद्धालुहरूलाई आयोजकले आग्रह गरेको छ।

कार्यक्रम अन्तर्गत प्रत्येक दिन बिहान ८ बजेदेखि पूजा पाठ सुरु गरिनेछ भने बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म प्रवचन कार्यक्रम सञ्चालन हुनेछ। त्यस्तै, बेलुका ६:२० बजेदेखि १० बजेसम्म धार्मिक साँझी प्रदर्शन गरिने कार्यक्रम तालिका रहेको छ।


सम्बन्धित समाचार