९ चैत,काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपाली (एनआरएनए) का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अब आगमन र प्रस्थान कक्षमै छुट्टै सेवा डेस्क सञ्चालनमा ल्याइने भएको छ।
अध्यागमन विभागका अनुसार गैरआवासीय नेपाली तथा नेपाली मूलका विदेशी नागरिकहरूलाई सहज सेवा प्रदान गर्नुका साथै नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको आत्मीयता अझ प्रगाढ बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।
यस निर्णयले नेपालमा पर्यटन तथा वैदेशिक लगानी प्रवर्द्धनमा पनि सकारात्मक योगदान पुग्ने विश्वास विभागले व्यक्त गरेको छ।
विभागले विमानस्थल कार्यालयलाई आवश्यक व्यवस्थापन गर्न पत्राचार गरिसकेको छ भने छिट्टै उक्त सेवा सञ्चालनमा आउने जनाइएको छ।

















