Logo

९ चैत,काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले चालु आर्थिक वर्षमा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै सचिव शर्माले यस वर्ष हिउँदे वर्षातका कारण वन डढेलोको जोखिम घटेको स्पष्ट पारे। उनले बताए अनुसार, हिउँदे वर्षातले वनमा रहेका पातपाती र काठ सड्ने हुँदा प्राकृतिक रूपमा आगलागीको सम्भावना न्यून हुन्छ।

सचिव शर्माले आकस्मिक आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सतर्कता अपनाउन आवश्यक रहेको पनि जोड दिए। साथै, वन डढेलो रोकथाम र जनचेतना बढाउन यस क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो।


सम्बन्धित समाचार