९ चैत,काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १:०० बजे बस्ने गरी बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने कावा मुख्य सचिव कृष्णप्रसाद दुलाल ले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ।
यसअघि बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभा निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा प्रस्ताव गरेका थिए।
यता, निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने असन्तुष्ट देखिएको छ। देउवा समूहले गगन नेतृत्वको कार्यसमितिको निर्णयप्रति असहमति जनाउँदै समानान्तर गतिविधि अघि बढाएको छ।
स्रोतका अनुसार देउवा पक्षले छुट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरिरहेको छ, जसले पार्टीभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ।

















