१० चैत,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ का नवनिर्वाचित सांसद टेक बहादुर शाक्य ले आफ्नो निर्वाचन क्षेत्रका एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले नगद पुरस्कार दिने घोषणा गरेका छन्।
शाक्यका अनुसार, क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने ६ वटा पालिकाबाट प्रत्येक पालिकामा उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण गर्ने एक–एक जना विद्यार्थीलाई जनही २१,१११ रुपैयाँको नगद पुरस्कार दिइनेछ।
त्यसैगरी, सम्पूर्ण क्षेत्र नम्बर ४ मा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने एक जना विद्यार्थीलाई ५१,१११ रुपैयाँले विशेष पुरस्कृत गरिने छ।
सांसद शाक्यले विद्यार्थीहरूको मनोबल उच्च बनाउन र शिक्षा क्षेत्रमा प्रोत्साहन बढाउन यस कार्यक्रमको आयोजना गर्ने बताए।