Logo

१० चैत,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै थापाले भने, “जेनजी आन्दोलनका क्रममा भेटिएको पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ। अनुसन्धान सार्वजनिक खपतको विषय मात्रै होइन, निष्कर्ष पनि निकालिनुपर्छ।”

सो क्रममा उनले अख्तियार दुरुपयोग र नीतिगत भ्रष्टाचारसम्बन्धी विषयमा पनि तथ्यसंगत छानबिन हुनुपर्ने जोड दिएका छन्।

भदौ २४ मा जेनजी आन्दोलनका क्रममा तत्कालीन सभापति शेरबहादुर देउवा को बुढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो। आन्दोलनकारीहरूले देउवा र तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा लाई साङ्घातिक आक्रमण गरेका थिए। आगजनीका क्रममा पैसाका भिडियो सार्वजनिक भएका थिए।

त्यस्तै, कांग्रेसका नेता दीपक खड्का को बुढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको थियो, जसमा पैसाका भिडियो सार्वजनिक भएका थिए।

सभापति थापाको यो वक्तव्यले कानुन र पारदर्शिताको आधारमा राजनीतिक हिंसा र वित्तीय असफलताको छानबिन आवश्यक रहेको संकेत गरेको छ।


सम्बन्धित समाचार