Logo

१० चैत,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पार्टी सभापति गगन थापा ले पेश गरेका छन्।

सभापति थापाले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्ताव राख्दै क्रियाशील सदस्यता वितरण र अद्यावधिकको कार्यतालिका पनि प्रस्तुत गरेका छन्। उनका अनुसार, चैत २१ गतेदेखि चैत मसान्तसम्म विशेष अभियान चलाइनेछ भने वैशाख १ देखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट सदस्यता वितरण र अद्यावधिक गरिनेछ।

जेठ मसान्तसम्म सबै सदस्यता विवरण केन्द्रमा पठाइने र आशा १५ गतेसम्म केन्द्रले आवश्यक छानबिन गरी टुंगो लगाउने तयारी गरिएको कांग्रेसले जनाएको छ।

यो महाधिवेशनले पार्टीको आन्तरिक संगठन बलियो बनाउने र आगामी राजनीतिक तयारीलाई गति दिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार