Logo

 ११ चैत,काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।शीतल निवास मा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले केसीलाई शपथ ग्रहण गराएका हुन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस का केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए। ७८ वर्षीय केसी संसद्का ज्येष्ठ सदस्य हुन्।

केसीले शपथ लिएसँगै अब उनी चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यहरूलाई शपथ गराउनेछन्। सभामुख चयन नहुँदासम्म उनले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पनि सम्हाल्नेछन्।

यस निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिक प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएका छन्।


सम्बन्धित समाचार