Logo

 ११ चैत,काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर ले रवि लामिछाने लाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको रूपमा निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन्।

मंगलबार भएको टेलिफोन संवादका क्रममा दूत गोरले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताए। उनले आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउँदै दुई देशबीचको सम्बन्धलाई गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विशेष दूतसँगको संवादले कूटनीतिक सम्बन्धलाई बलियो बनाउँदै आगामी सहकार्यका सम्भावनालाई सकारात्मक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ले फागुन २१ गतेको निर्वाचनमा अभूतपूर्व सफलता हासिल गर्दै प्रत्यक्ष र समानुपातिक दुवैमा १८२ सिट जितेको थियो। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनले समेत रास्वपालाई बधाई दिएका छन्।


सम्बन्धित समाचार