Logo

११ चैत,काठमाडौं । चैत १२  सांसदहरूको शपथपछि, बालेन शाह चैत १३ गते रामनवमीका दिन नेपालका नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने भएका छन्।

उनीनिकट स्रोतका अनुसार, बालेन शाहले दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण गर्नेछन्। शपथ ग्रहण समारोहमा स्वस्तिवाचन र शंखनादको कार्यक्रम पनि आयोजना हुने जानकारी स्रोतले दिएको छ।

शपथ ग्रहणपछि दिउँसो २ बजेर १५ मिनेटमा उनी सिंहदरबार पुगेर प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन्।

बालेनसँगै सोही दिन मन्त्रीहरूले पनि शपथ लिने चर्चा भए पनि अहिलेसम्म मन्त्रिपरिषद् सदस्यहरूको सूची सार्वजनिक भएको छैन।

यद्यपि, स्रोतहरूले अर्थ मन्त्रालयमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, र गृह मन्त्रालयमा डिपी अर्याल वा सुनिल लम्साल नियुक्त हुन सक्ने बताएका छन्।


सम्बन्धित समाचार