१२ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले गर्ने सकारात्मक काममा आफूहरूको सहयोग रहने बताएका छन्। शपथ ग्रहणका लागि सिंहदरबार पुगेका शाहीले संसदमार्फतै जनताको समस्या समाधान हुने आशा व्यक्त गरे।
उनले भने, “पहिलाजस्तो मन्त्रीको गेटमा जान नपरोस्, संसदबाटै जनताको समस्याको समाधान होस्। अहिले हामी सकारात्मक र राम्रा काममा सहयोग गरेरै अगाडि बढ्छौँ।”
सांसद शाहीले राप्रपा राष्ट्रको हितमा हुने कामको पक्षमा सदैव उभिने पनि स्पष्ट पारेका छन्।

















