Logo

१२ चैत,काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण सिंहदरबारस्थित संसद् भवनमा सुरु हुँदैछ। शपथका लागि सांसदहरू संसद् भवन पुग्ने क्रम जारी छ र दिउँसो २ बजे कार्यक्रम तय गरिएको छ।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनेछन्। उनी पहिले नै संसद भवन पुगेका छन्।

संसद् सचिवालयका अनुसार यस पटक ६३ जना सांसदले नेपाली बाहेकका विभिन्न मातृभाषामा शपथ लिने तयारी गरेका छन्। केही सांसदहरू आफ्नो जातीय र सांस्कृतिक पहिचान झल्किने भेषभूषामा संसद भवन पुगेका छन्।

संघीय संसद् सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइज तस्बिरसहित २ घण्टा अगावै उपस्थित हुन सांसदहरूलाई सूचित गरेको थियो। शपथ ग्रहणपछि सांसदहरूलाई संसद्को लोगो प्रदान गर्ने कार्यक्रम समेत तय गरिएको छ।


सम्बन्धित समाचार