Logo

 १२ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले सर्वसम्मत रूपमा संसदीय दल गठनको प्रस्ताव पारित गरेको छ। पार्टी प्रवक्ता समेत रहेका सांसद मनिष झाले जानकारी दिएअनुसार बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको छ।

सिंहदरबारस्थित प्रतिनिधिसभा हलमा सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएपछि रास्वपाका सांसदहरू बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका थिए।

केन्द्रीय समितिको निर्णयपश्चात् केहीबेरमा संसदीय दलको बैठक बस्नेछ र बैठकले औपचारिक रूपमा बालेन्द्र शाहलाई दलको नेता नियुक्त गर्नेछ। बालेन्द्र शाहलाई फागुन २१ को निर्वाचनअघि नै रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा घोषणा गरेको थियो।


सम्बन्धित समाचार