Logo

 १२ चैत,काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले पेश गरेको प्रतिवेदन प्रारम्भिक रूपमा अपूर्ण देखिएको टिप्पणी गरेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक प्रतिवेदनबारे प्रारम्भिक प्रतिक्रिया दिँदै भदौ २३ गतेका घटनामा केही हदसम्म प्रकाश पारिए पनि भदौ २४ गतेका घटनाहरू पर्याप्त रूपमा समेटिएको नदेखिएको बताएका छन्।

“यो प्रारम्भिक प्रतिक्रिया हो। प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण देखियो। भदौ २३ को आन्दोलनबारे जति विश्लेषण गरिएको छ, २४ गतेका घटनाहरू अलपत्र छाडिएको जस्तो लाग्छ,” उनले भने।

सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र पार्टीले थप धारणा सार्वजनिक गर्ने जानकारी दिए। साथै, कानुनविदहरूसँग छलफल गरेर आगामी आधिकारिक धारणा तय गरिने पनि उनले बताएका छन्।


सम्बन्धित समाचार