Logo

१३ चैत, काठमाडौं । २०८२ सालको चैत महिनाले नेपाली राजनीतिमा एउटा अभूतपूर्व र शक्तिशाली मोड ल्याएको छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ सदस्यीय मन्त्रीमण्डलको खाका तयार पार्दै सत्ताको बागडोर सम्हाल्ने अन्तिम तयारी पुरा गरेको छ । शुक्रबार बिहान बसेको निर्णायक बैठकले विज्ञता र युवा जोशको सम्मिश्रणसहितको टोली चयन गरेको हो, जसमा सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सस्मित पोखरेलले शिक्षा क्षेत्र सुधार्ने जिम्मा पाएका छन् ।

यो नयाँ मन्त्रीमण्डलमा ‘विज्ञता’ लाई उच्च प्राथमिकता दिइएको देखिन्छ । देशको जर्जर अर्थतन्त्र उकास्ने महत्वपूर्ण जिम्मेवारी अर्थविद् डा.स्वर्णिम वाग्लेको काँधमा आइपुगेको छ भने अनुभवी शिशिर खनाललाई परराष्ट्र मामिला सुम्पिइएको छ ।

त्यसैगरी, ऊर्जामा विराजभक्त श्रेष्ठ, गृहमा सुधन गुरुङ र उद्योगमा अमरेशकुमार सिंहलाई नियुक्त गरेर सरकारले सन्तुलन कायम गर्ने प्रयास गरेको छ। सञ्चारमा विक्रम तिमिल्सिना र पर्यटनमा खडक (गणेश) पौडेल जस्ता नयाँ अनुहारको प्रवेशले शासन शैलीमा ‘फरक स्वाद’ दिने अपेक्षा गरिएको छ।

समावेशिता र सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न यो सरकारले सिमान्तकृत समुदायको प्रतिनिधित्वमा विशेष ध्यान दिएको छ । गीता चौधरीले कृषिको कमाण्ड सम्हाल्दा, सीता वादीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व गर्नेछिन् ।

यस्तै स्वास्थ्यमा निशा मेहता, श्रममा दीपक साह र भौतिक पूर्वाधारमा सुनिल लम्सालको नियुक्तिले विकास र सेवा प्रवाहमा नयाँ गति दिने रास्वपाको दाबी छ । बालेनको यो ‘ड्रिम टिम’ ले दशकौँदेखि स्थिर रहेको प्रशासनिक संयन्त्रमा कस्तो हलचल पैदा गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।

को–को बन्दैछन् मन्त्री ?

बालेन्द्र शाह – प्रधानमन्त्री

स्वर्णिम वाग्ले – अर्थमन्त्री

सुधन गुरुङ – गृहमन्त्री

सोबिता गौतम- कानुन

शिशिर खनाल – परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ- ऊर्जा

अमरेशकुमार सिंह – उद्योगमन्त्री

प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री

गीता चौधरी – कृषीमन्त्री

विक्रम तिमिल्सिना- सञ्चारमन्त्री

दीपक साह – श्रममन्त्री

सस्मित पोखरेल- शिक्षामन्त्री

खडक (गणेश) पौडेल – पर्यटनमन्त्री

सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री

सीता वादी- महिलामन्त्री

निशा मेहता – स्वास्थ्य


सम्बन्धित समाचार