Logo

१३ चैत,काठमाडौं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई दिएका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहलाई प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकोमा शुभकामना व्यक्त गरेका हुन्। उनले शाहको नियुक्तिले नेपाली जनताले राखेको विश्वासलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा मोदीले भारत–नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्। उनले दुवै देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन प्रधानमन्त्री शाहसँग नजिकबाट काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन्।

भारत–नेपाल सम्बन्धलाई क्षेत्रीय स्थिरता र सहकार्यको दृष्टिले महत्वपूर्ण मानिँदै आएको छ, र नयाँ नेतृत्वसँगै यस सम्बन्धले थप गति लिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार