Logo

शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण काठमाडौँ १३ चैतः शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः मुना कार्की ÷रासस

१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको छ ।

शुक्रबार अपराह्न ४ बजे सिंहदरबारमा बसेको १५ सदस्यीय मन्त्रिमण्डलको बैठकले पोखरेललाई सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने र मन्त्रिपरिषद्का निर्णयहरू सञ्चारमाध्यममा पुर्‍याउने महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो ।

१८२ सिटको भारी बहुमतसहित सत्तामा पुगेको रास्वपा नेतृत्वको सरकारले काठमाडौँ–५ बाट निर्वाचित तथा बालेनका पुराना राजनीतिक सहयोगी पोखरेललाई विश्वासिलो पात्रका रूपमा प्रवक्ताको भूमिका दिएको छ ।

सञ्चार र समन्वयमा दखल राख्ने पोखरेलले अबदेखि मन्त्रालयको कार्यभारसँगै सरकारको ‘मिडिया फेस’ का रूपमा काम गर्नेछन् । पहिलो बैठकले गरेका अन्य महत्वपूर्ण र ब्रेकिङ निर्णयहरूको विवरण प्रवक्ता पोखरेलले केही बेरमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेका छन् ।


सम्बन्धित समाचार