Logo

 १४ चैत,काठमाडौं ।  केपी शर्मा ओली पक्राउको विरोधमा आज काठमाडौँमा नेकपा एमाले ले प्रदर्शन गरेको छ।

शनिबार बिहान चाबहिल चोक क्षेत्रमा एमालेका नेता तथा कार्यकर्ताहरू भेला भई सरकारविरुद्ध नाराबाजी गर्दै विरोध जनाएका थिए। प्रदर्शनका क्रममा सडक केही समय अवरुद्ध भएको थियो भने सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

यसअघि, पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउको कारणबारे आधिकारिक रूपमा विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन।

एमाले नेताहरूले उक्त कदमलाई “राजनीतिक प्रतिशोध” भन्दै तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले देशभर विरोध कार्यक्रमलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।

यस घटनाले मुलुकको राजनीतिक वातावरण पुनः तातिएको छ भने आगामी दिनमा थप आन्दोलनका कार्यक्रम हुन सक्ने देखिएको छ।


सम्बन्धित समाचार