Logo

 १४ चैत,काठमाडौं ।  माइतीघर–बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमाले का कार्यकर्ताबीच झडप भएको छ।

काठमाडौं जिल्ला अदालत अगाडि भएको झडप उग्र बन्दै गएपछि प्रहरीले लाठीचार्ज गरेको छ भने प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा उत्रिएका कार्यकर्ताहरू माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित अदालत अगाडि रोक्न खोजेपछि झडप भएको हो।

हाल पनि उक्त क्षेत्र तनावग्रस्त रहेको छ भने सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।


सम्बन्धित समाचार