Logo

१५ चैत, काठमाडौं । बालेन साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन नै सेयर बजारमा ठूलो गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७१ अंकले झरेर २८७९ विन्दुमा कायम भएको छ । नयाँ सरकार बनेपछि बजारमा उत्साह छाउने अपेक्षा गरिए पनि राजनीतिक धरपकड र बढ्दो आन्दोलनका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार २९ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको हो ।

बजार सूचक घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ, जहाँ आइतबार १५ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन गत बिहीबारको तुलनामा झण्डै २ अर्बले बढी हो ।

बजार विश्लेषक र ब्रोकर सञ्चालकहरूका अनुसार पछिल्लो समय विकसित राजनीतिक अस्थिरता र आन्दोलनको प्रभावले लगानीकर्तामा पर्ख र हेरको अवस्था सिर्जना भएको छ । एकातर्फ बजार अघिल्लो महिनादेखि नै बढ्दो क्रममा रहेकाले धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न ९प्रोफिट बुकिङ० सेयर बिक्री गरेका छन् भने अर्कोतर्फ आन्दोलन र धरपकडका समाचारले बजारमा मनोवैज्ञानिक दबाब बढाएको छ ।

आइतबार कारोबार भएकामध्ये २५६ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने फाइनान्स, बैंकिङ र व्यापार लगायतका सबै समूहगत सूचकहरूमा गिरावट देखिएको छ । यद्यपि, केही जलविद्युत् र होटल समूहका कम्पनीहरूले भने सकारात्मक सर्किट मार्फत लगानीकर्तालाई राहत दिएका छन् ।


सम्बन्धित समाचार