Logo

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

आइतबार बिहान धुम्बाराही क्षेत्रबाट पक्राउ परेका खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आवश्यक कानुनी प्रक्रियाका लागि अदालत पुर्‍याएको हो । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नियन्त्रणमा लिइएको थियो, जसपश्चात् हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन उनलाई अदालत पेश गरिएको हो ।

पूर्वमन्त्री खड्कालाई अदालत उपस्थित गराइएसँगै उनीमाथि लागेको गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धानले नयाँ मोड लिएको छ । सीआईबीले उनलाई म्याद थप गरेलगत्तै विस्तृत छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाउने तयारी गरेको छ ।

पछिल्लो समय राज्यका निकायहरूले उच्च राजनीतिक व्यक्तित्वहरूमाथि थालेको आर्थिक अनुसन्धानको सिलसिलामा खड्काको पक्राउ र अदालती प्रक्रियालाई निकै महत्त्वका साथ हेरिएको छ ।


सम्बन्धित समाचार