१६ चैत,काठमाडौं ।रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे संघीय संसद् भवनमा बस्ने गरी अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।


















