Logo

१८ चैत,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा सांसद सुहाङ नेम्वाङ ले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले वर्तमान राजनीतिक परिस्थिति र जनभावनालाई ध्यानमा राख्दै दलको नेतामा आफ्नो इच्छा व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

बैठकमा उनले पार्टीको विधि, पद्धति तथा अग्रज नेताहरूको भूमिकालाई सम्मान गर्दै आफू जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्। ‘देशमा उत्पन्न वर्तमान परिस्थिति हामीले नजरअन्दाज गर्न सक्दैनौँ। सदन र सदन बाहिरको अवस्था हामी बुझ्न सक्छौँ,’ उनले भने।

नेम्वाङले आफ्नो दाबी अग्रज नेताहरूको भूमिका कमजोर पार्ने उद्देश्य नभएको स्पष्ट पारे। युवाको ऊर्जा, अग्रजहरूको अनुभव र आशीर्वादलाई समेट्दै नेतृत्व गर्न सक्ने क्षमता आफूमा रहेको उनको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

हाल बैठकमा यस विषयमा थप छलफल भइरहेको बताइएको छ।


सम्बन्धित समाचार